महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

बैंकको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण गरेको हो । बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए ।

यस बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स