आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई कायम चुक्तापूँजीबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि छुट्याइएको ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी वृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा समेत पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स