काठमाडौं । सिभिल बैंकले कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे ।
नगर प्रमुख विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पुर्याउने बताए ।
उनले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे । बैकले ११५ वटा शाखा मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।