काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकसँग व्यापार सम्झौता गरेको छ ।
नबिलले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको हो ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्ट्यान्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन् । सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर पाउने विश्वास लिइएको छ ।
साथै यस सम्झौतापछि दुइ बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह-वित्तीयकरण कर्जा, बिदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ ।