९ महिनामा वाणिज्य बैंकहरुको नाफा ५१ अर्ब, सेञ्चुरीको नाफामा छलाङ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना वाणिज्य बैंकहरुले ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ वटा बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ देखिएको हो ।

गत आवको सोही अवधिमा बैंकहरुले ५० अर्ब ७४ कारेड २५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आवको चैतमसान्तको तुलनामा चालु आवको चैतमसान्तमा बैंकहरुको नाफ ०.५४ प्रतिशतले मात्र बढेको हो ।
समीक्षा अवधिमा १५ वटा बैंकले नाफा कमाउँदा १२ वटा बैंकको भने नाफा घटेको छ ।

चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको नाफा ३ अर्ब ५७ करोड रुपैयाँ थियो ।

३ अर्ब ६० करोड रुपैयाँ खुद नाफासहित एनआईसी एशिया बैंक दोस्रो स्थानमा छ । गत आवको तुलनामा बैंकले १९.९६ प्रतिशतले नाफा बढाएको छ ।

विगत केही वर्षदेखि सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा अग्रस्थान रहने गरेको नबिल बैंक तेस्रो स्थानमा झरेको छ । बैंकले चैत मसान्तसम्म ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफ बढाउने १५ बैंक

गत आवको चैत मसान्तको तुलनामा चालु आवमा १५ बैंकको नाफा बढेको छ । जसमा सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, एनसीसी बैंक, माछापुच्छे बैंक, एनआईसी एशिया बैंक, सन् राईज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक रहेका छन् ।

नाफा घटाउने १२ बैंक
गत आवको चैत मसान्तको तुलनामा चालु आवमा १२ बैंकको नाफा घटेको छ । जसमा कुमारी बैंक, प्राईम बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको नाफा घटेको छ ।

नाफा सेञ्चुरी बैंकको छलाङ

सबैभन्दा बढी नाफा बढाउनेमा सेञ्चुरी बैंक अग्र स्थानमा रहेको छ । गत आवको समीक्षा अवधिको तुलनामा चालु आवमा १८३.५९ प्रतिशतले खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चैतमा ३५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको चैत मसान्तसम्ममा १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

सबैभन्दा कम नाफा बढ्ने बैंक भने एभरेष्ट बैंक रहेको छ। समीक्षा अवधिमा एभरेष्टको नाफा ०.५९ प्रतिशत मात्र बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५१ करोड नाफा कमाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स