प्रभु बैंकको खुद नाफा र ईपीएस घट्यो

काठमाडौं । प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद मुनाफा १६.९० प्रतिशतले घटेको छ ।

चैत मसान्तमा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत चैतमा बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेर ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ पुगेको छ जगेडा कोष ६ अर्ब २७ करोड ९२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६.४० रुपैयाँ घटेर १८.३९ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९.४१ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स