कुमारी बैंकको नाफा स्थिर

काठमाडौं । कुमारी बैंकको खुद नाफा स्थिर देखिएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा अनुसार खुद नाफा अघिल्लो वर्षको जस्तो देखिएको छ ।

बैंकले चैत मसान्तसमम १ अर्ब ८० करोड २७ लाख नाफा गरेको छ । अघिल्लो चैतमा बैंकको नाफा १ अर्ब ८० करोड ८४ लाख रहेको थियो ।

सञ्चालन खर्च बढ्दा बैंकको नाफामा बढ्न नसेको हो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी १६ प्रतिशत बढाएर ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

बैंकसँग ८७ करोड १६ लाख रुपैयाँ वितरण योग्य नाफा छ । प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १७.३७ रुपैयाँबाट घटेर १६.३४ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स