सेञ्चुरी बैंकको नाफा १८४ प्रतिशतले बढ्यो

काठमाडौं । सेञ्चुरी बैंकको खुद नाफा उल्लेखनिय रुपमा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३५ करोड ८१ लाख रुपैयाँ थियो । चालु आवमा बैंकले १८३.५९ प्रतिशत अर्थात् ६५ करोड ७५ लाख रुपैयाँले नाफा बढाएको हो ।

सञ्चालन र खुद ब्याज आम्दानी वृद्धि हुँदा त्यसको प्रभाव बैंकको नाफा झल्किएको हो । बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत र सञ्चालन मुनाफ २१२.७६ प्रतिशतले बढेको छ ।

बैंकको ईपीएस ८.८८ रुपैयाँले बढेर १४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२४.१६ रुपैयाँ रहको छ ।

चालु आवको पहिलो ९ महिनामा बैंकको निक्षेप ३.१८ प्रतिशतले घट्दा कर्जा विस्तार भने ११.६६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स