१९९९ रुपैयाँ गरिमा क्यापिटलको आजीवन डिम्याट र मेरोसेयर

काठमाडौं । गरिमा क्यापिटलले १९९९ रुपैयाँमा आजीवन डिम्याट र मेरोसेयर सुविधा दिने भएको छ । क्यापिटलले ग्राहकहरुको हितलाई मध्यनजर राख्दै नयाँ वर्ष २०७९ तथा हालसालै साविक केसीएल अस्ट्यूट क्यापिटललाई खरिद गरि गरिमा क्यापिटलको नाममा कारोबार सुरु गरेको अवसरमा उक्त योजनाहरु ल्याएको हो ।

ग्राहकले १९९९ रुपैयाँ भुक्तान गरी आजीवन हितग्राही खाता खोल्न÷नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु वर्षेनी हितग्राही तथा मेरोसेयर खाता नविकरण गर्नुपर्ने झण्झटबाट मुक्त हुने क्यापिटलले विश्वास लिएको छ ।

साथै लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था २०७९ असार मसान्तसम्म लागू हुने क्यापिटलले जारीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स