गभर्नरको जागिर खाने शाहको खाता फुकुवा गर्न सर्वोच्चद्वारा अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले अछामका पृश्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न अस्विकार गरेको छ । शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलर (करिब ४० करोड रुपैयाँ) बराबरको बैंक खाता सञ्चालनका लागि सर्वोच्चमा दिएको निवेदनमा अदालतले खाता फुकुवा गर्न अस्वीकार गरेको हो

साहले ल्याएको उक्त रकम अवैध भन्दै राष्ट्र बैंकले उनको खाता रोक्का गरी छानबिन गरिरहेको छ । वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्टको नाममा रहेको चार करोड ८० लाख रुपैयाँ फुकुवा गर्न शाहले गत साउन १२ गते निवेदन दिएका थिए ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको रकम फुकुवाका लागि शाहले दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उक्त अवैध रकमको विषयमा अर्थमन्त्रीदेखि राष्ट्र बैंकका सञ्चालकसम्म विवादमा मुछिएका छन् भने राष्ट्र बैंक, प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागले यसबार अनुसन्धान गरिरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आफूकहाँ राष्ट्र बैंकका सञ्चालकले बार्गेनिङ गरेको सूचना आएको दावी गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले शाहको रोक्का रहेको रकम फुकुवा गर्न राष्ट्र बैंकले निर्देशन दिएको भन्ने समाचार बाहिर आएको थियो । उक्त समाचार गभर्नरले बाहिर ल्याएको अर्थमन्त्रीको आशंका छ । राष्ट्र बैंकले सरकारलाई असहयोग गरेर र विवादीत विषयमा मिडियामा ल्याएको आरोपमा गभर्नरलाई निलम्बन गरिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स