९ महिनामा नबिल बैंकको नाफा ३ अर्ब ३५ करोड, ब्याज आम्दानी बढ्दा खुद नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नबिल बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको तेस्रो अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ देखिएको हो ।

गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपियाँ नाफा कमाएको थियो । गत आवको सोही आवधिको तुलनामा बैंकको नाफा ८.९१ प्रतिशत अर्थात् ३२ करोड ७८ लाख रुपैयाँले घटेको छ ।

बैंकको खुद आम्दानी घट्दा ब्याज आम्दानी भने बढेको देखिन्छ । खुद ब्याज आम्दानी भने २९.३० प्रतिशतले ले बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष चैतमा ५ अर्ब ९ करोड गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २४.३९ रुपैयाँ छ ।

चैतसम्मको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा २ अर्ब १६ करोड गरेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ ।

चैत मसान्तसम्ममा नबिल बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष २ खर्ब २३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ९८ कर्जा रुपैयाँ कर्जा दिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स