मुक्तिनाथ बैंकको क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज पाइने भएको छ ।

बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषता समेटिएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनतम एक वर्षदेखि १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामा नै जम्मा हुने र सो रकमको समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ ।

यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकहरूलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स