८ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ४६ अर्ब ८६ करोड, ३ बैंकको नाफा ३ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा वाणिज्य बैंकहरुले ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले फागुन मसान्तसम्म ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

३ वाणिज्य बैंकहरुको खुद नाफा ३ अर्ब भन्दा माथि, ६ बैंकको २ अर्ब माथि, १६ बैंकको नाफा १ अर्बभन्दा माथि र २ बैंकको १ अर्बभन्दा कम नाफा छ ।

माघमसान्तसम्म बैंकहरुको खुद नाफा ४० अर्ब २४ करोड रुपैयाँ रहेको थियो । एक महिनामा बैंकहरुले आफ्नो नाफा १६.४४ प्रतिशत अर्थात ६ अर्ब ६२ करोड रुपैयाँले बढाएका छन् ।

बैंकहरुमध्येमा सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले ३अर्ब ४६ करोड खुद नाफा गरेको छ। माघको तुलनामा बैंकको नाफा १४.२५ प्रतिशत बढेको छ। माघमा बैंकको नाफा ३ अर्ब ३ करोड रुपैयाँ थियो ।

एनआइसी एसिया बैंक ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा सहित दोस्रो स्थानमा छ ।

नबिल बैंक ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाउँदै तेस्रो स्थानमा आसिन छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब २२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड रुपैयाँ र नेपाल बैंकले २ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यसैगरी कृषि विकास बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सेञ्चुरी बैंकको खुद नाफा ९२ करोड र सिभिल बैंकको ७३ करोड रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकहरुको नाफा करोडमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स