समृद्धि फाइनान्सका ग्राहकले ल्यापटप खरिद गर्दा २० हजार सम्म छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजार बीच आज मस्झौता भएको छ ।

दुई कम्पनीबीचको मस्झौतासँगै ए टु जेड अनलाइनमा पाइने मोबाइल, ल्यापटप र टिभीजस्ता इलेक्ट्रिक सामानहरू खरिद गर्दा अधिकतक २० हजार रुपैयाँ वा १२.५ प्रतिशतसम्म छुट पाइन्छ । उक्त छुट पाउनका लागि बैंकबाट अनलाइन कारोबार वा क्यूआर कोडबाट कारोबार गर्नुपर्ने हुन्छ ।

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक ब्याजदर सहितका विभिन्न बचत खाताहरूसमेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स