एनएमबि बैंकको नवौं हेरिटेज वाक

काठमाडौं । एनएमबि बैंकले शनिवार नवौं हेरिटेज वाक गरेको छ । एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवलीसम्म हेरिटेज वाक गरेको छ ।

यो हेरिटेज वाक कोभिड १९ को प्रकोपपछि २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी करिब ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौंदेखि प्ले कार्डसहित हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरिएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंदिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखादेखि गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मन्दिर, प्रदे्रश ५ मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरु सरसफाई गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स