काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् ।
बैंकको चैत्र ३० गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकले न्यौपानेलाई बैशाख २ गतेदेखि लागु हुने गरि सीईओमा नियुक्त गरेको हो ।
यसअघि उनी कामु सीइओका रुपमा काम गरिरहेका थिए ।
बैंकका सीइओ तुलसी राम गौतमले राजिनामा दिएपछि उनलाई सीईओ बनाएको हो ।