‘कुमारी बैंकमा खाता खोल्दा परिवारको सुरक्षा’

काठमाडौं । कुमारी बैंकमा खाता खोल्दा परिवारको सुरक्षा हुने भएको छ । यसका लागि कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ सञ्चालनमा ल्याएको छ । ‘सुरु गरौं परिवारको सुरक्षाको संस्कार’ भन्ने नाराा साथ बैंकले कुमारी परिवार बचत खाता सञ्चालनमा ल्याएको हो ।

कुमारी परिवार बचत खातावाहकले २६ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्नेछन् । बैंकले खातावाहक र दम्पतीलाई १०/१० लाख रुपैयाँको आकस्मिक दुर्घटना बीमा तथा पूर्ण शारीरिक अशक्तता बीमा उपलब्ध गराउने छ ।
खातावाहकका २ सन्तानहरुलाई २/२ लाखको बीमा उपलब्ध हुनेछ ।

सम्पूर्ण परिवारका लागि औषधोपचार र घातक रोगका लागि १/१ लाखको बीमा गरिएको छ ।

कुमारी परिवार सुरक्षा बचत खाता खोल्नका लागि न्युनतम १० हजार रुपैयाँ ब्यालेन्स हुनु पर्नेछ ।

खातावाहकले २६ लाख रुपैयाँ बराबरको बीमा सुविधाका साथै अन्य अतिरिक्त सुविधा पनि प्राप्त गर्नेछन् ।

खातावाहकले इन्टरनेट बैंकिङ निःशुल्क, मोबाइल बैंकिङ डेभिड कार्ड, लकर सुविधा एक वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ ।

साथै नेपालभरका कुनै पनि एटीएमबाट निःशुल्क रकम निकाल्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स