धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरू, यस्ता छन् भदौ महिनाको ब्याजदर

काठमाडौं । बैंकहरुले भदौ १ गतेपछि बैंकहरूले धमाधम कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । अहिलेसम्म धेरै बैंकले ब्याजदर सार्वजनिक गरिसकेका छन् भने केही बैंक ब्याजदर सार्वजनिक गर्ने क्रममा रहेका छन् । बैंकहरूले बचतको ब्याजदर ३ देखि ५ प्रतिशतसम्म कायम गरेका छन् ।

विशेष त आधार दर ( वेसरेट) का आधारमा निर्धारण ब्याजदर निर्धारण गर्ने अन्तर्राष्ट्रिय अभ्यास हो । सोही अनुरुप कतिपय बैंकहरूको ब्याजदर केही बढेको छ भने अन्य बैंकको ब्याजदरमा सामान्य वृद्धि भएको छ । बैंकहरूले वेसरेटमा ७ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने गरेको पाइन्छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम ३.०१ प्रतिशत देखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ ब्याज दिने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । ३ महिनाको मुद्दतिको ब्याजदर ५.५१ प्रतिशत निर्धारण गरेको छ ।
बैंकको असार मसान्तसम्म बेस रेट ५.८६ प्रतिशत छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले भदौ १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातातर्फ न्यूनतम ३ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशतदेखि ७.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकको असार महिनाको आधार दर ४.३७ प्रतिशत रहेको छ । सोहीअनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९ देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचत खातामा न्यूनतम ब्याज ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको असार मसान्तसम्मको आधार दर ७.५५ प्रतिशत रहेको छ । बैंकले यो आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिने जनाएको छ । स्थिर कर्जाको लागि १०.५० प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.३३ प्रतिशत रहेको छ । बैकले यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बताएको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म ब्याज पाइने भएको छ । बैंकको असार मसान्तसम्मको आधार दर ६.८४ प्रतिशत रहेको छ । बैंकले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५० देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ७.१३ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशतदेखि ६ महिनाभन्दा बढीको हकमा ७.५ प्रतिशत ब्याज दिनेछ । बैंकको असारसम्मको आधार दर ८.०८ प्रतिशत रहेको छ । बैंकले यो आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशत तोकेको छ । असार मसान्तसम्म बैंकको आधारदर ७.२६ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९ देखि अधिकतम १२.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २.५७ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । जेठ असार मसान्तसम्म बैंकको आधार दर ६.७० प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज ३.०५ प्रतिशत देखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ प्रतिशत रहेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.७३ प्रतिशत छ । यसमा १.५० प्रतिशतदेखि ३.५५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने जानएको छ । बैंकको स्थिर ब्याजदर भने न्यूनतम ब्याजदर ९.४९ प्रतिशतदेखि १२.४९प्रतिशससम्म रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ७.७५ प्रतिशत र अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर दिन्छ । बैंकको असारसम्मको आधार दर ६.८८ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने बताएको छ । स्थिर ब्याजदरको लागि न्यनतम ९.९९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

यसैगरी कर्जातर्फ विभिन्न प्रकारको कर्जा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको असार महिनामा आधार दर ७.९० प्रतिशत छ । बैंकले न्यूनतम ९.९९ देखि अधिकतम ११.४९ प्रतिशतसम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ३ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको असार मसान्तसम्मको आधार दर ७.८० प्रतिशत रहेको छ । बैंकले यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा बैंकले दिने बताएको छ । स्थिर कर्जाको लागि ११.४९ प्रतिशतदेखि १२.९९ प्रतिशत ब्याज दर निर्धारण गरेको जनाएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.२१ प्रतिशत रहेको छ । बैंकले यसमा अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६ प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ । बैंकको असार मसान्तसम्मको अधारदर ७.५७ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जानकारी गराएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सिभिल बैंक

सिभिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम ४.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यता, यसको असार महिनामा आधार दर ७.८३ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

यता, यसको असार महिनामा आधार दर ७.१६ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक आफ काठमान्डू

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म दिने तयारी गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको असार मसान्तसम्मको आधार दर ७.४४ प्रतिशत रहेको छ । बैंकले यो आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिने जनाएको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.४१ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम १२.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.९९ प्रतिशत रहेको छ । बैंकले यो आधारदरमा अधिकतम ५प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिने भएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७.५५ प्रतिशत निर्धारण गरेको छ । यता, बैंकको असार मसान्तसम्मको बेस रेट ७.३७ प्रतिशत छ । यसमा न्यूनतम १.५० देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स