एनएमबि बैंकद्धारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो वितरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाण्डौंको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शनसंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजनासंग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्लुंङ, अर्घाखांची, गुल्मि र स्यांङजाका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।

बैंकको भ्यालु बेस्ड बैकिंङ को अवधारणाहरु मध्येको ‘नाफा भन्दा अघि मानिसहरुको बारेमा सोंच्ने’ (Think People Before Profit) सिद्धान्त अनुसार बैंकको लघुबित्त बिभागले प्राक्टिकल एक्शनसंग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स