बैंक अफ काठमाण्डुका ग्नाहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा बैंक अफ काठमाण्डुका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् ।

बैंक अफ काठमाण्डुका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।

साथै, कार्डबाहक ग्राहकहरूले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स