पैसा घुस खादैमा मात्र अख्तियार दुरुपयोग हुने होइनः नबिल बैंकका डेपुटी सीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले पैसा घुस खादैमा मात्र अख्तियार दुरुपयोग नहुने बताएका छन् । डेपुटी सीईओ ज्ञवालीले सरकारले गभर्नरलाई निलम्बन गरेको विषयलाई इंकित गर्दै आज (सोमबार) आफ्नो फेसबुकमा पैसा घुस खादैमा मात्र अख्तियार दुरुपयोग नहुने लेखेका छन् ।

उनले आफ्नो फेसबुकमा, ‘सरकारी नियुक्तिमा हिसाब राखेरै गरिने ’राजनैतिक भागवण्डा’, नियुक्ति का लागि हुनुपर्ने ‘गोप्य र असली’ योग्यतासंगै पद र अधिकार अनुसारको ‘नजराना’ अनि सरकार परिवर्तनसंगै हरेक बहानामा गरिने असहयोग र दिइने दुःखका बारेमा सार्वजनिक ‘सचेतना’ र ’खबरदारी’ जरुरी छ ।

के सहि के गलत भनेर छुट्याउन नसक्ने ‘हाम्रा’ नेता हरुलाई सहजै जसले पनि राजनीति वाहेकका कुरामा जता पनी घुमाईदिन सक्छ । पैसा घुस खादैमा मात्र अख्तियार दुरुपयोग हुने होइन; कानुन, विधी या विधानका प्रावधानहरुको खराब नियत सहित गरिएको दुरुपयोगलाई अझै ‘ठूलो र दण्डनीय’ अख्तियार दुरुपयोग मान्नुपर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स