एटीएम मेसिनबाट नबिल बैंकमा पैसा जम्मा गर्न सकिने, काठमाडौंको २ स्थानमा यो सुविधा उपलब्ध

काठमाडौं । नबिल बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै एटीएम मेसिनबाट खातामा पैसा जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।

आधुनिक बैंकिङ युगको शुरुवात गर्ने क्रममा नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत् रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो ।

यो प्रविधि नबिल बैंकले शुरुवातमा तीनधारा शाखा र पुल्चोक शाखाबाट शुरु गरेको छ । अब ग्राहकले मेशिनमा एक हजार, ५ सय र एक सय दरका नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९ सयसम्म जम्मा गर्न सकिनेछ ।

यसमार्फत् नबिलको कुनै पनि बचत र चाल्ती खातामा रकम जम्मा गर्न सकिनेछ । साथै यो सुविधामार्फत् ग्राहकहरुले क्रेडिट कार्ड भुक्तानी पनि गर्न पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स