जाल्पा सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, यस्तो छ प्रक्रिया

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले २ पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले कनिष्ठ अधिकृतमा १ जना र कनिष्ठ सहायकमा केही संख्यामा कमचारी माग गरेको हो ।

आवेदन दिने इच्छुक व्यक्तिको शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि प्रमाणपत्र तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

अधिकृत श्रेणीका लागि दरखास्त लिइने अन्तिम मिति सम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि दरखास्त लिइने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हद उल्लेखित उमेरमा पाँच वर्ष थप हुने सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेको इच्छुक व्यक्तिले आवश्यक कागजात (पासपोर्ट साइजको फोटो २ वटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण) वैशाख ९ गतेसम्म संस्थाको बेबसाइट www.jalpamf.com बाट फारम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रिय कार्यालय पोखरा ८ वा संस्थाको इमेल jobs@jalpamf.com मार्फत आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोतः फाइनान्सीय नोटीस डटकम

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स