राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा निलम ढुंगाना

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै कार्यवाहक गभर्नरको जिम्मेवारी डिपुटी गभर्नर निलम ढुंगानालाई दिएको छ ।

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर बमवहादुर मिश्र र निलम ढुंगानामध्ये ढुंगाना सिनियर भएकाले सरकारले उनलाई कार्यवहाक गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ढुंगाना र मिश्रलाई तीनै जनालाई केपीशर्मा ओली सरकारले नियुक्त गरेको हो । शेरबहादुर देउवाको सरकार आएसँगै अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच असहमति सुरु भएको थियो ।

अर्थमन्त्री र गभर्नर असहमति हुँदा चालु आर्थिक वर्षको मौद्रिक नीति समेत एक साता ढिला गरी आएको थियो ।

शर्माले प्रतिस्थापन विधेयक नल्याई मौद्रिक नीति नल्याउन निर्देशन दिएका पनि गभर्नर अधिकारीले मौद्रिक नीति ल्याउन ढिला हुने महशुस गर्दै प्रतिस्थापन विधेयकभन्दा पहिला मौद्रिक नीति ल्याएका थिए । यहिबाट अर्थमन्त्री र गभर्नरबीच विवाद चुलिदै गएको थियो।

गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले केपी ओलीले नियुक्त डेपुटी गभर्नरमा नियुक्त गरेका ढुंगानालाई राष्ट्र बैंकको जिम्मेवारी सुम्पिएको हो ।

नेपालको इतिहास कार्यवहाक नै भएपनि महिला गभर्नर बनेकी ढुंगाना पहिलो कार्यवहाक गभर्नर हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स