मेगा बैंकका ९ एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

काठमाडौं । मेगा बैंकले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

बैंकले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ को धनपालथान एक्सटेन्सन काउन्टर र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको कोशी एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयमा परिणत गरेको छ ।

यस्तै, बैंकले धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ को मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषाकै नागराईन नगरपालिका वडा नम्बर २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयमा स्तरोन्नती गरेको हो ।

साथै पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

यसअघि नै बैंकले सुनसरीको बराहाक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ । अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने छ ।

बैंकको शाखा संख्या १९९ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स