सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को ‘सेञ्चुरी क्यालेडर’ सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच ‘सेञ्चुरी क्यालेण्डर-२०७९’ सार्वजनिक गरेका छन् ।

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरु लगायत विभिन्न बैंकिङ सेवाहरुलाई समावेश गरिएको छ ।

यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स