एक अर्ब निक्षेप संकलन हुँदा ५ अर्बले कर्जा बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुले एक अर्ब निक्षेप संकलन गर्दा ५ अर्ब कर्जा प्रवाह गरेका छन् । चैत १८ गतेसम्म बैंकहरुले ४३ खर्ब ३१ अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेका छन् । चैत ११ गतेसम्म बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ३१ अर्ब हुँदा ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएको थियो ।

बैंकहरुसँग निक्षेपको रुपमा १ खर्ब २ अर्ब विदेशी रकम रहेको छ । ४६ अर्ब विदेशी रकम कर्जा प्रवाह भएको छ ।

चालु आवसम्म बैंकहरुको निक्षेप १ खर्ब ३१ अर्ब रुपैयाँले बढेको छ । भने कर्जा प्रवाह ४ खर्ब ५४ अर्ब रुपैयाँ भएको छ ।

असारमसान्तसम्म बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गर्दा ३७ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेका थिए ।
चालु आवको पहिलो २ महिना साउन र भदौंमा वाणिज्य बैंकहरुको निक्षेप असार मसान्तको तुलनामा कम रहेको छ ।

साउनमा बैंकहरुसँग ४१ खर्ब २३ अर्ब र भदौंमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । साउनमा बैंकहरुले ४३ अर्ब र भदौंमा ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

असोजमा बैंकहरुले करिब १ खर्ब निक्षेप संकलन गर्दा १ खर्ब नै कर्जा प्रवाह गरेका थिए । असोजमा बैंकहरुसँग ४२ खर्ब ६९ अर्ब निक्षेप हुँदा ३९ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोजमा ९८ अर्ब निक्षेप संकलन हुँदा र ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो महिनामा निक्षेपको तुलनामा कर्जा प्रवाह ३ अर्ब रुपैयाँ कम देखिन्छ ।

कात्तिकमा बैंकहरुले ४२ खर्ब ३३ अर्ब निक्षेप संकलन गर्दा ४० खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेका छन् । असोजको तुलनामा कात्तिकमा निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको देखिन्छ । निक्षेप घट्दा पनि बैंकहरुको कर्जा लगानी भने बढेको देखिन्छ । कात्तिकमा बैंकहरुले ९५ अर्ब रुपैयाँले कर्जा बढाएका थिए ।

मंसिरमा बैंकहरुको निक्षेप ४२ खर्ब ३७ अर्ब र कर्जा लगानी ४० खर्ब ८४ अर्ब रहेको थियो । मंसिरमा ४ अर्बले निक्षेप बढ्दा ५० अर्बले कर्जा प्रवाह बढाएका थिए ।

पुसमा बैंकहरुले ४३ खर्ब २४ अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ४३ अर्ब कर्जा लगानी गरेका थिए । मंसिरको तुलनामा निक्षेप ८७ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने ५९ अर्ब रुपैयाँले बढेको छ ।

माघमा पुसको तुलनामा निक्षेप घटेको थियो । माघमा बैंकहरुले ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका छन् । माघमा १३ अर्ब रुपैयाँले निक्षेप घट्दा कर्जा प्रवाह भने १२ अर्बले बढेको छ ।

फागुनमा बैंकहरुले ४३ खर्ब ३३ अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स