नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

नयाँ वर्षको अवसर पारि चैत २८ गतेदेखि लागू हुने गरी छुट प्रदान गर्ने समझदारी भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णा बहादुर अधिकारी र दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजारसम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुको कार्डमा ई कमर्स सक्रिय हुनु पर्ने भएकाले हालसम्म ई कमर्स सक्रिय नगराएका ग्राहकहरुले बैकंको शाखा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स