क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ ।

बैंकले मिति २०७८ साल चैत २१ गते सोमबारबाट औपचारिकरुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक हुन सफल भएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्तरुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरि सेवा शुभारम्भ गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

विकास बैंकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहक महानुभावहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुदा नै कामना सेवा उत्कृष्ट मध्य एक विकास बैंक बनेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

पोइन्ट अफ सेलमार्फत् क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषताहरु यस कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स