मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयको भौतिक पुर्वाधार निर्माणका लागि २ लाख सहयोग

झापा । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निर्माण गर्नका लागि २ लाख आर्थिक सहयोग गरेको छ ।

बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच उक्त रकमबराबरको हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश(१ का प्रमुख श्री मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरूको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवालकको उपस्थिति थियो ।

यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकले सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स