मेगा बैंकको एउटै खातामा ३ सुविधा, बचतमै ६.५३ प्रतिशत ब्याजदर

काठमाडौं । मेगा बैंकको एक साताबाट ३ सुविधा पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको ‘ट्रिपल बेनिफिट प्लस सेभिङ एकाउन्ट’ बाट ३ सुविधा प्राप्त गर्न सकिन्छ । यस विशेष बचत खाताबाट ग्राहकले डिम्याट, मेरो सेयर र ब्रोकरेज सुविधा प्राप्त गर्नेछन् ।

यस विशेष खाता खोल्नका लागि न्युनतम ५०० रुपैयाँ ब्यालेन्स आवश्यक पर्छ । ग्राहकले विशोष बचत खातामा उच्च ब्याजदर ६.५३ प्रतिशत प्राप्त गर्नेछन् ।

‘ट्रिपल बेनिफिट प्लस सेभिङ एकाउन्ट’ खोल्ने ग्राहकले निःशुल्क चेकबुक र अनलाइन बैंकिङको सुविधा प्राप्त गर्नेछन् । यस्तै भिसा डेभिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, मेरो सेयर एक वर्ष निःशुल्क प्रयोग गर्न पाउँछन् ।

यस्तै प्रोटफोलियो म्यानेजमेन्ट सेवामा पहिलो वर्ष ५० प्रतिशतको छुट रहेको छ ।

बैंकले क्यापिटलसँगको सहकार्यमा ब्रोकरेज सेवा उपलब्ध गराउने छ ।

बैंकले २०७ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स