सस्तियो कर्जा, वाणिज्य बैंकहरुले साढे १ प्रतिशतसम्म घटाए स्प्रेड दर (सूची सहित)

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुको स्प्रेड दर (कर्जा तथा निक्षेप अन्तर) ४.४ प्रतिशतभन्दा तल ओर्लिएको छ । बैंकहरुसँग बचत रहेको लगानी योग्य पुँजीको तुलनामा कर्जा माग कम हुँदा स्प्रेड दर घटाएर कर्जा प्रवाह गरिरहेका छन् ।

गत आवमा वाणिज्य बैंकहरुमा ३६ खर्ब ९३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा २८ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । गत आवमा मात्रै ८ खर्बभन्दा बढीले कर्जा प्रवाह भएको देखिन्छ । २८ प्रतिशतभन्दा बढीले कर्जा प्रवाह हुँदा पनि निक्षेप बढ्दा वाणिज्य बैंकहरुले स्प्रेड दर घटाएका हुन् ।

स्प्रेड दर घट्दा बैंकहरुको व्यापार बढेपनि खुद आम्दानी भने घटेको छ । यसले गर्दा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले जम्मा २.४५ प्रतिशत मात्रै खुद आम्दानी गरेका छन् । हाल बैंकहरुले १०० रुपैयाँ लगानी गरेर १२.८३ रुपैयाँ कमाइरहेका छन् ।

त्यसैले अहिले नै अफ्ट्यारो नपरेपनि भविष्यामा भने ठूलो असर पर्ने सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘अहिले बैंकहरुले १०० रुपैयाँ लगानी गर्दा औसतमा १३ रुपैयाँ कमाइ रहेका छन् । बैंकहरुलाई सञ्चालन खर्च धान्न ग्राहो छैन । यद्यपि स्प्रेड दरमा भने बैंकहरुलाई आफ्नो व्यापार कायम राख्न ग्राहो पर्छ,’ अध्यक्ष दाहालले भने, ‘ग्राहकलाई भने स्प्रेड दर घट्दा कुनै असर पर्दैन ।’

गत आवमा ग्राहकबाट वाणिज्य बैंकहरुले ४० खर्ब ८८ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आवमा ३६ खर्ब ६७ अर्ब ९६ करोड निक्षेप संकलन भएको थियो । बैंकमा ग्राहकबाट संकलित निक्षेप ४ अर्ब भन्दा बढीले बढेको छ ।

गत आवमा वाणिज्य बैंकहरुले ग्राहकसहित अन्य वित्तीय संस्थाबाट ४२ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । अघिल्लो आवमा ३४ खर्ब ९४ खर्ब ४३ करोड निक्षेप संकलन भएको थियो । ७ खर्ब भन्दा बढीले निक्षेप संकलन भएको छ ।

गत आर्थिक वर्ष कर्जा प्रवाह वृद्धि भए पनि निक्षेप संकलन बढेकाले वाणिज्य बैंकहरु सस्तो दरमा कर्जा प्रवाह गर्न बाध्य भइरहेका हुन् ।

गत वर्ष बैंकहरुले निक्षेप पनि सस्तोमा संकलन गरे । कर्जा पनि सस्तोमा दिए । बजार प्रतिस्पर्धी भयो बजारमा कोभिडको कारण नयाँ व्यवसाय गर्ने वातावरण निर्माण नभएकाले बैंकहरु सस्तोमा कर्जा दिन बाध्य भइरहेका छन् ।

बैंकहरुले महँगो ब्याजदरमा कर्जा प्रवाह गर्न थाले पछि नेपाल राष्ट्र बैंकले ब्याजदरमा कडाइ गर्दै स्प्रेड दर ४.४ प्रतिशतमा समित गरेको थियो । वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्दा सस्तो दरमा कर्जा प्रवाह भइरहेको छ ।

२७ वटा वाणिज्य बैंकहरुमध्ये ६ वटा वाणिज्य बैंकहरुको स्प्रेड दर बढेको छ भने २१ वटा वाणिज्य बैंहरुको स्प्रेड दर घटेको छ । वाणिज्य बैंकहरुमध्ये प्राइम बैंकले सबैभन्दा धेरैले स्प्रेड दर बढाएको छ । प्राइमको स्प्रेड दर ०.७५ प्रतिशतले बढेको छ । प्राइमको अघिल्लो आवमा ३.३४ प्रतिशत स्प्रेड दर थियो भने गत आवमा ४.०९ प्रतिशत स्प्रेड दर पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको स्प्रेड दर सबैभन्दा धेरै घटेको छ । इन्भेष्टमेन्ट बैंकले १.५० प्रतिशतले स्प्रेड दर घटाएको छ । इन्भेष्टमेन्ट बैंकको स्प्रेड दर गत आवमा ३.३३ प्रतिशत र अघिल्लो आवमा ४.८३ प्रतिशत स्प्रेड दर थियो ।

यस्तो छ वाणिज्य बैंकहरुको स्प्रेड दर

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स