बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल आदम पोखरामा छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले होटल आदम पोखरामा छुट पाउने भएका छन् ।

बैंक र होटलबीच सम्झौता भएसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका हुन् ।

यो छुट सुविधा होटलका सबै सेवामा लागू हुने बैंकले जनाएको छ ।

होटल आदमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स