एनएमबि बैंकको कुल कर्जाको १६ प्रतिशत हाइड्रोपावरमा लगानी : सीईओ सुनिल केसी

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हाइड्रोपावर क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको बताएका छन् । हिमालय एक्स्पोको पूर्व सन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा उनले बैंकले ४५ वटाभन्दा बढी हाइड्रोका परियोजनामा लगानी गरेको बताएका हुन् ।

‘नेपालको बैंकिङ क्षेत्रको करिब २ खर्ब ५० अर्ब रुपैयाँ लगानी ऊर्जा क्षेत्रमा रहेको छ,’ उनले भने ‘सोमध्ये सबैभन्दा बढी लगानी एनएमबि बैंकले गरेको हो ।’ बैंकले गरेको कुल कर्जा लगानीमध्ये करिब १६ प्रतिशत हाइड्रोपावर परियोजनाहरूमा गरेको सीईओ केसील सो अवसरमा जानकारी दिए ।

विद्युतीय गाडी खरिदका लागि यो अभावमा पनि कर्जा प्रवाह गरिहेको बताएका छन् । कार्यक्रममा सीईओ केसीले यो अभावमा पनि विद्युतीय गाडी खरिदका लागि बैंकले कर्जा प्रवाह गरिहेको बताए ।

बैंकले यस्तो लगानी योग्य पुँजीको अभाव भएको बेलामा पनि विद्युतीय गाडी खरिदका लागि कर्जा प्रवाह गरिरहेको उनले बताए ।

‘एनएमबिले हाइड्रो प्रोजेक्टहरूमा मात्र नभएर धेरै अगाडिदेखि नै विद्युतीय गाडीलाई समेत प्राथमिकता राखेर कर्जा दिइरहेको छ,’ सीईओ केसीले भने, ‘अहिले तरलताको चाप पर्दा समेत विद्युतीय गाडीमा भने कर्जा प्रवाह बैंकले रोकेको छैन ।’

मुलुकको दिगो विकासका लागि बैंकहरूले ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । विद्युत उपयोग बढाउने क्षेत्रमा एनएमबिले कर्जा प्रवाह नरोकेको बताएका हुन् । एनएमबि बैंक हिमालयन हाइड्रो एक्स्पोको मुख्य प्रायोजक हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स