काठमाडौं । नेपाल बैंकले ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी गरे । समुद्घाटन समारोहको अध्यक्षता नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय, बागमति प्रदेशका प्रमुख विनय केशरी पौड्यालले गरे ।
उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगाएत दोलखा स्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, उद्योेगी व्यबसायी, जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका अगुवा, बैंक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष अर्यालले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्घान्त अवलम्वन गरेको बताए ।
उक्त अवसरमा आफ्नो बिचार राख्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख श्री डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसी व्यक्त गरे । त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवा प्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले समृद्घ भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्याकारी अधिकृत अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने छ भन्ने विश्वास व्यक्त गरको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।