मुक्तिनाथ विकास बैंकद्वारा नीलसागर आश्रमलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दांग स्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्रलाई सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रमका लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको हो ।

यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्नु भएका ज्येष्ठ नागरिक , अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स