‘ग्लोबल मनि विक’को अवसरमा माछापुच्छ्रे बैंकको विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । ‘ग्लोबल मनि विक’को अवसरमा माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

वित्तीय साक्षरता, अन्तरक्रिया र र्‍यालीलगायत विविध कार्यक्रम गरी मार्च २१ तारिख देखि २७ तारिखसम्म मनाइएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको हो ।

काठमाडौं लगायत देशका विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्‍यालि निकालेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौं बाहिर रहेका प्रमुख शहरहरूमा पनि वित्तीय साक्षरता र्‍यालि निकालेको थियो ।

बैंकले देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स