ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्टबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल र भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा पुनः सञ्चालन गर्नको गेटवे पेमेन्ट सर्भिस प्रालिसँंग सम्झौता गरेको छ ।

सम्झौतासँगै यस बैंकको मोबाईल बैंकिङ एपमार्फत भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पेटीएम, गुगलपे लगायत भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने भएको हो ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरे ।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ ।

अब नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिने व्यवस्था गरिएको हो ।

त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन् । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने बैंकले जनाएको ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स