सिन्धुपाल्चोकको चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नेपाल बैंकको सहकार्यमा गत शुक्रबार वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

चौताराको कृष्ण रत्नगंगा माविमा सम्पन्न डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रमबाट विद्यालयका शिक्षक शिक्षिकाहरु,विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु, विद्यार्थीहरु, स्थानीय, व्यवसायीहरू लगायतको लाभाम्बित भएको बैंकले जनाएको छ ।

कार्यक्रमचौतारा साँगाचोकगढी नगरपालिकाका(५ का वडाध्यक्ष नरमान श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नेपाल बैंकका मार्केटिंग तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कंडेलले वित्तीय साक्षरताको आवश्यकता एवं महत्त्वको सहजीकरण गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स