बैंकमा पैसा अडिएन

काठमाडौं । चैतको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह बराबर देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चैत महिनामा २ अर्ब निक्षेप संकलन गर्दा २ अर्ब कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरुसँग चैत ११ गतेसम्म ४३ खर्ब ३० अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । चैत ४ गते वाणिज्य बैंकहरुले ४३ खर्ब २८ अर्ब निक्षेप संकलन गर्दा ४१ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका थिए ।

बैंकहरुसँग ४२ खर्ब २८ अर्ब स्वदेशी रकम र १ खर्ब २ अर्ब विदेश रकम निक्षेपको रुपमा रहेको छ । ४१ खर्ब २२ अर्ब स्वदेशी रकम र ४७ खर्ब विदेश रकम कर्जा प्रवाह गरेका छन् ।

फागुनको अन्तिम साता बैंकहरुले चालु आवकै सर्वाधिक निक्षेप संकलन र कर्जा प्रवाह गरेका थिए । फागुन ३० गते बैंकहरुले ४३ खर्ब ३३ अर्ब निक्षेप र ४१ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेका थिए । चैतको पहिलो साता भने निक्षेप र कर्जा प्रवाह दुवै घटेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स