मिथिला कलालाई प्रथामिकतामा राखेर ग्लोबल बैंकले ल्यायो नयाँ क्यालेन्डर

काठमाडौं । मिथिला चित्रकलालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल आईएमई बैंकले २०७९ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनकि गरेको छ । बैंकले आइतबार एक कार्यक्रमको आयोजना गरी पात्रो विमोचन गरेको हो ।

भित्तेपात्रोमा कलाकार अमितकुमार शाह र गिताकुमारी ठाकुरका मिथिला चित्र राखिएका छन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक वर्ष नेपालको मौलिकता र कलालाई प्रोत्साहन गर्ने नीतिअनुसार यसवर्ष मिथिलाकलालाई प्राथमिकता दिएको बताए ।

उनले कला संकृतिको संरक्षण सँगै कलाकारितालाई पनि प्रोत्साहन गर्न क्यालेण्डरमा मिथिला चित्र राखेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले बैंकले कला संस्कृतिको प्रवद्र्धनमा पनि ध्यान दिएको बताए । राष्ट्रिय पहिचान दिने मिथिला चित्रमा बैंकले प्रवर्द्धन गर्न खोजेको उनको भनाइ छ ।

पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको अध्यक्ष ढकालले जनाए । उनले विदेशी मुद्रा नेपालमा भित्रयाउनको लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताए ।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको बतए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स