कामना सेवा विकास बैंकद्वारा थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले चैत्र ११ गतेबाट तानसेन -९, दमकडा, पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टर मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

वडा नंं ९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको हो ।

कार्यक्रममा बैंकका संस्थापकहरु, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स