नेपाल राष्ट्र बैंकले साढे ३ अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंक उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धमा शुक्रबार सूचना जारी गरेको छ । राष्ट्र बैंक उपदान तथा पेन्सन कोषको ३ अर्ब ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २ अर्ब ७६ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ५१ करोड ७५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्ती कम्पनीमा १७ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/BID-Notice.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स