बैंक अफ काठमाण्डूका ग्राहकलाई रोडहाउस क्याफे पोखरामा छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले रोडहाउस क्याफे पोखरामा छुट पाउने भएका छन् ।

बैंक र रोडहाउस क्याफे पोखराबिच सम्झौता भएसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स