सानिमा बैंक अब चितवनको टाँडीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति चैत्र १० गते चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचार्यज्यूले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

समुद्घाटन् समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक बिकासमा टेवा पु¥याएकोमा शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स