सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।

बैंकले बुधबार आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको हो ।

उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन् ।

यसअघि विराटनगरस्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ ।

बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स