सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई मेराकि हेल्थ सोलुशनमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र मेराकि हेल्थ सोलुशनबीच बैंकका कर्मचारी, बैंकका ग्राहक तथा कर्मचारीका परिवारलाई स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र मेराकि हेल्थ सोलुशनको तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मेराकि हेल्थसोलुशनले बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पि.सि.आर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीकाबाट प्रदान गर्नेछ ।

स्वास्थ चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स