काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।
बुधबार बैंकको शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।