सेञ्चुरी कमर्सियल बैंकको एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

सो शिविरमा १०८ जना स्थानीय वासिन्दाहरुले सेवा प्राप्त गरेको बैंकले जानकारी दिएको छ । बैंकले संचालन गरेको उक्त शिविरमा समाज डेण्टल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स