ग्लोबल आइएमई बैंकको २८९औं शाखा बागलुङको बलेवामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।

बैंकका अध्यक्ष ढकालले बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय बासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बताए ।

ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एव्म सरल बैंकिङ सेवा दिने उद्देश्यले एटीएम सेवा समेत सुरू गरेको छ ।

यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगजं महानगरपालिका वडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स